१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एचआईडीसीएलद्धारा ८ दशमलव ४२ प्रतिशत लाभांश घोषणा


१६ कात्तिक, काठमाडौँ । हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको १५ कात्तिकमा बसेको बैठकले ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् । कम्पनीले चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर र शून्य दशमलव ४२ प्रतिशतका दरले हुन आउने सात करोड ८७ लाख ३६ हजार ८४२ रुपैयाँ लाख रुपैयाँ नगद लाभांश खर्च गर्नेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार ११:१६