१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ज्योति लाइफ इन्स्योरेन्सले घोषणा गर्याे लाभांश


१५ कात्तिक, काठमाडौँ । ज्याेति लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सको १४ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित पाँच दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १२:४०