७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रदेश नं ३ को विकासका लागि गुरुयोजना बनाइने


१८ फागुन, नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुरुयोजना बनाएर व्यवस्थित शहरीकरणसहितको आधुनिक प्रदेशका रुपमा स्थापित गराइने बताएका छन ।

शुक्रबार साँझ विदुर आएका मुख्यमन्त्री पौडेलले विदुर नगरपालिकाको स्वागत स्वीकार्दै मुलकभरको प्रदेश नं ३ मा विकासका पर्याप्त सम्भावना रहेको बताए ।

मुलुकको विकास गर्न स्थानीय तह र प्रदेशबीचको सहकार्य राम्रो हुनुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

कार्यक्रममा भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले जनप्रतिनिधिलाई सम्मान र बधाई लिएर नहिँड्न निर्देशन दिए । मुख्यमन्त्री र मन्त्रीलाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाभित्र सञ्चालित कार्यक्रम तथा भावी योजनाको जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार २३:०७