७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

गुल्मीमा विद्युत अनियमित, प्राधिकरणलाई एक हप्ते अल्टिमेटम


६ कात्तिक , गुल्मी । गुल्मीमा विद्युत अनियमित भएपछि उपभाेक्ताले हैरानी खेपिरहेका छन् । साँझ बत्ती झ्यापझ्याप जान थालेपछि नेपाल विद्युत प्राधिकरणलाई एक हप्ते अल्टिमेटम दिइएकाे छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विद्युत प्राधिकरणकाे कार्यालय, नेपाल टेलिकम, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालयका प्रमुख र उद्योग वाणिज्य संघसँग छलफल गरेका थिए ।

पौडेलका अनुसार विद्युत कार्यालयले एक हप्ताभित्र जिल्ला तथा क्षेत्रको सहयोगमा प्राविधिक समस्याको पहिचान गरेर सेवा नियमित गर्ने प्रतिवद्धता जनाएकाे छ ।

माेबाइल फाेन नलाग्ने समस्या पनि उस्तै छ । नेपाल टेलिकम गुल्मीका प्रमुख रुक्मागत सापकोटाले नेटवर्कको समस्या भएका हाडहाडे, नयाँगाउँ, जैसिथोक, आपचौर, दौंघा र नेटा दर्लिङका टावर एक महिनाभित्र संचालनमा ल्याइने बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १०:१५