८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एमाले भन्न समेत लाज मानिरहेका प्रभु साहकै सिफारिसमा थपिए २ केन्द्रीय सदस्य


५ कात्तिक, काठमाडौँ । नेकपा एमालेले केन्द्रीय समितिमा दुई जना मनोनीत गरेको छ । ललितपुरको च्यासलमा सम्पन्न स्थायी समिति बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

पछिल्लो दिनमा नेकपा एमालेको नाम लिन समेत लाज मान्ने गरेका प्रभु साहले सिफारिस गरेको भन्दै एमालेले २ जनालाइ मनोनित गरेको हो । साहका पछिल्ला गतिबिधि व्यक्ति केन्द्रीत रहेका छन । यद्यपी माधव नेपाललाइ रौतहटका काउन्टर दिनका लागि प्रभु साहलाइ एमालेकै नामा जोगाइराख्नुपर्ने बाध्यता एमालेसँग रहेको छ ।

साहको सिफारिस भनेर २ जना केन्द्रीय सदस्य थपिएकोमा उपाध्यक्षा डा भीमबहादुर रावल लगायतले भने असन्तुष्टि जनाएका छन । विधि(पद्धति भन्दा पनि प्रभु साहले भनेको भनेर मनोनीत गरिएकामा उनले अहसमति जनाएका हुन् । रावलले १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक पदबाट शुक्रबारबाटै राजिनामा दिएका छन ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार २१:०५