४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

हिमालयन वारियर क्रिकेट क्लब अष्ट्रेलियाले नेपालमा समेत सहयोग गर्ने


५ कात्तिक, एडिलेड । प्रवासमा नेपाली समुदायको विस्तार संगै स्थानिय क्लवहरुको पनि स्थापना हुन शुरु भएको छ । यसै क्रमममा अष्ट्रेलियाको एडिलेडमा स्थानिय नेपाली समुदायको हिमालयन वारियर क्रिकेट क्लवको सिजनको उद्घाटन तथा खेलाडीहरुलाई जर्सी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

साउथ अष्ट्रेलियाकी संसद सदस्य हेदी गिरोलामोले पानसमा वत्ती बालेर सिजनको उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि गिरोलामोले यस वर्ष हिमालयन वारियरबाट खेलमा सहभागी हुने टिम क्याप्टेन अमित ज्ञवाली लगायत खेलाडीहरुलाई जर्सी वितरण गर्नु भएको थियो । कार्यक्रममा मन्तव्यको क्रममा उहाले नेपाली समुदाय मेहनती भएकाले अष्ट्रेलियाको विकासमा महत्वपुर्ण भुमिका खेलेकोमा प्रसंसा गर्दै खेल क्षेत्रमा पनि सफलताको शुभकामना व्यक्त गर्न भयो ।

कार्यक्रममा क्लवका अध्यक्ष अनिल पाण्डेले क्लवले सौजन्यकर्ताहरुबाट प्राप्त रकम यहाको खेलका अलावा दश प्रतिशत रकम नेपालमा पनि सहयोग गर्ने वताउनु भयो । पाण्डेले निकै मेहनत पुर्वक खेलको तयारी गरिएको वताउदै यस वर्ष २५००० अष्ट्रेलियन डलरको वजेट खर्च गर्ने वताउनुभयो ।

कार्क्रममा कानुन व्यवसायी तथा मुख्य सौजन्यकर्ता इक्युटेवल ल का मोती नरालले नेपाली समुदायको क्लवमा सहयोग गर्न पाउदा खुशी व्यक्त गर्नु भयो । कार्यक्रममा एडिलेड नेप्लिज क्रिकेट एसोसियस(एन्का)का अध्यक्ष विजय जोशीले एडिलेडमा जारी एक्सपट एन्का सुपर लिगमा हिमालयन वारियरको राम्रो प्रदर्शन हुने अपेक्षा गर्दै खेल खेल्नका लागि नभई समाजका लागि पनि हुनुपर्ने वताउनुभयो ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले समुदायमा खेलकुदले सदभाव र भाइचारा ल्याउने भएकाले एनआरएनले सक्दो आवश्यक सहयोग गर्ने वताउदै नेपाली खेलकुद क्लवहरुको प्रशंसा गर्नुभयो ।

उक्त कार्यक्रमको संचालन अभि जोशीले गर्नुभएको थियो भने पुस्कर पोडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । क्लवका उपाध्यक्ष सुमन भेटवालले कार्यक्रमका सहभागी र यस वर्षका लागि क्लवलाई सौजन्य गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १८:३४