१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

काेराेना अपडेटः ७०८ संक्रमित थपिए, ११ जनाको मृत्यु, ९३२ संक्रमणमुक्त


५ कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ७२५३ जनाको पीसीआर परीक्षण गर्दा ५७४ र २१२३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १३४ जना गरी थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जना कोरोनाको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ९३२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १६:४४