७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विकास मेराग्लियाले विदेशी कोटामा च्यासलबाट ए डिभिजन लिग खेल्ने


५ कात्तिक, काठमाडौँ । इटाली सिरी ए क्लब एटलान्टाको उमेर समूहबाट खेलिसकेका विकास मेराग्लिया आगामी ए डिभिजन लिगमा ललितपुरको च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । शुक्रबार च्यासलले आफ्नो ग्राउन्डमा एक कार्यक्रम गर्दै विकासलाई अनुबन्धन गरेको हो । उनले च्यासलमा १० नम्बरको जर्सी लगाउने छन् ।

एटलान्टाको युवा टोलीबाट नियमित खेलिरहेका विकास २९ कात्तिकबाट सुरु हुने ए डिभिजन लिग खेल्न मंगलबार राति नेपाल आइपुगेका हुन् । इटाली सिरि ए क्लब एटलान्टा नेपालमा जन्मेर इटाली पुगेका विकास स्थानीय क्लबहरू हुँदै एटालान्टाबाट खेलेका हुन् । विकासले इटालीको यू–१७ टोलीबाट समेत खेलिसकेका छन् ।

मंगलबार राति नेपाल झरेपछि विकासले आफू १३ वर्षपछि नेपाल फर्किएको र त्यसका लागि सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएका थिए ।‘म १३ वर्षपछि नेपाल फर्किएको छु’, विकासले सामाजिक सञ्जालमा लेखेका छन् । विकासले आफू नेपाल आए पनि ए डिभिजन लिग खेल्ने र नखेल्ने जनाएका छैनन् । स्रोतका अनुसार उनले आगामी ए डिभिजन लिग खेल्नेछन् । त्यसबारे उनले चाँडै पत्रकार सम्मेलन गरेर सर्वाजनिक गर्ने भएका छन् ।

विकासले ललितपुरको च्यासल युथ क्लबबाट खेल्ने निकट स्रोतले जनाएको छ । इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकाशले इटालीको यू–१७ टोलीबाट खेलिसकेका छन् । १८ वर्षीय विकास विशेष लेफ्ट विंगर हुन् । यद्यपि, उनी राइट विंगर र सेन्टर स्ट्राइकरसमेत खेल्न सक्छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १६:०७