१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

कृषि विकास बैंकको डिवेञ्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त


५ कात्तिक, काठमाडौँ । कृषि विकास बैंकले एनआईबीएल एस क्यापिटललाई डिवेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले आठ वर्ष अवधिको ६ अर्ब र नौ वर्ष अवधिको तीन अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको ‘कृषि ऋणपत्र को लागि डिवेञ्चर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र जारी गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १५:५८