१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

प्रदेश १ का मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने, प्रस्ताव सदनमा टेबुल हुने


५ कात्तिक, विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत नलिने भएका छन् । प्रदेश १ एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरे पनि आइतबारमात्रै विश्वासको प्रस्तावमा मतदान हुने भएको छ ।

यद्यपि २४ असोजमा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्ताव आज सदनमा टेबुल हुने भएको छ ।प्रदेशसभा सचिवालयले विश्वासको मतका लागि प्रदेशसभामा मुख्यमन्त्रीले प्रस्ताव पेश गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १५:००