८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति


५ कात्तिक, काठमाडाैँ । यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यतिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त गरेको हो ।

प्राधिकरणले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अनुमति दिएको यतिले जनाएको छ । यतिका प्रवक्ता सुदर्शन बर्ताैलाले यतिले अब अब दक्षिण पूर्वी एसियाली मुलुक र दक्षिण एसियामा उडानको तयारी गर्नेछ । यतिसँगै नेपाली वायुसेवा पाँच कम्पनीले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १४:०७