११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नेपाल बैङ्कको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य नियुक्त


५ कात्तिक,  काठमाडौँ । नेपाल बैङ्कको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य नियुक्त भएका छन् । शाक्यले कार्तिक ४ गते सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गर्दै शाक्यले नेपाल बैंकको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शपथ ग्रहण कार्यक्रममा यस बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १३:४८