१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चितवनमा माधव नेपालको समाजवादीका प्रस्तावित जिल्ला अध्यक्ष पनि एमालेमै फर्किए


५ कात्तिक, भरतपुर । माधव नेपाल नेतृत्वको नेकपा एस चितवनको प्रस्तावित जिल्ला कमिटी अध्यक्ष तेजबहादुर खड्का एमालेमा नै फर्किएर पार्टी काममा लागेका छन् ।

१० बुँदे सहमती कार्यान्वयन हुनुपर्ने माग गरेका खड्का समाजवादीको वडा कमिटी गठनमा समेत सहभागी भएका थिए ।  माधव नेपालले देउवाले ल्याएको अध्यादेशमार्फत नेकपा एमाले फुटाएपछि समाजवादीमा नगएको स्पष्टिकरणसमेत दिए ।

बीचमा लामो समय दुबैतिर सक्रिय नभएका खड्का एमालेमा नै फर्किएका छन् । उनले समाजवादीको जिल्ला अध्यक्ष बन्न अस्वीकार गरेपछि डा. कृष्ण पन्तलाई जिल्ला अध्यक्ष बनाइएको थियो।

समाजवादीतिर पनि नगएका र एमालेमा पनि सक्रिय नभएका खड्काले एमालेको चितवनको तेस्रो पूर्ण बैठकमा उपस्थित भएर टुटफुट र विभाजन नभई एकतामा समाहित हुन सबैलाई आग्रह गरे ।

एमालेको तत्कालिन जिल्ला उपाध्यक्ष रहेका खड्कालाई प्रदेश कमिटीको सदस्य बनाइएको छ । खड्काको नेतृत्वमा पार्टी एकता संयोजन कार्यदल बनेको छ । उनले आफू निरन्तर पार्टीको काममा लाग्ने बताए । उनलाई एमालेको बागमती प्रदेश कमिटी सदस्य बनाइएको छ ।

यसअघि समाजवादीको कार्यक्रममा सहभागी हुँदै खड्का ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १२:५०