१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

जनता बाढीको चपेटामा रूँदै, सत्तारूढका प्रमुख नेता प्रचण्ड जिपलाइनमा रमाउँदै (भिडियोसहित)


५ कात्तिक, काठमाडौँ । प्रमुख सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आराम गर्ने नाममा प्रायः सिन्धुपाल्चोक पुग्छन । विगतमा अग्नि सापोटासँगै सिन्धुपाल्चोक जाने गरेका प्रचण्ड पछिल्लो समय अन्य सहयोगी बोकेर सिन्धुपाल्चोक पुग्ने गरेका छन ।

बिहीबार सुकुटेमा आरम गरेर फर्किएका प्रचण्ड शुक्रबार काभ्रेको धुलिखेल जिपलाइनमा रमाइलो गरिरहेका थिए । माओवादी नेता सरल सहयात्रीले प्रचण्डले जिपलाइनमा मनोरञ्जन लिइरहेको भिडियो टिकटकमा पोस्ट गरेका छन ।

नागरिकहरू बाढी र पहिरोमा चपेटामा परेर रूँदै र चिच्याउँदै बसिरहेको समयमा तीनहरूको उचित व्यवस्थापनमा लाग्न सरकारलाई प्रेरित गर्नुपर्नेमा प्रचण्ड भने जिपलाइन र सुकुटेमा रमाइरहेका छन ।

हिजैमात्र कञ्चनपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितसँग झोक्किदै पीडितको कुरा सुन्न इन्कार गरिरहेका थिए । उनले पीडितले प्रश्न गर्न लाग्दा बढी बोल्दै हुनुहुन्छ चुप लाग्नुस भन्दै हकारेका थिए । हिजो सुदुरपश्चिम पुगेका प्रधानमन्त्री देउवा आज काठमाडौँ फर्किदैछन ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १२:०७