७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

न्यादी हाइड्रोपावरको आइपिओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट


४ कात्तिक,  काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडको आइपिओ आज बाँडफाँड भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपिओ आज बिहान ९ बजे क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा बाँडफाँड भएको हो ।

भाग्यमानी २ लाख २ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर हाता पारेका छन् । भने २० लाख ५२ हजार बढी आवेदककाे हात खाली भएकाे छ । कम्पनिकाे आइपिओमा मागभन्दा धेरै आवेदन परेकाे हुनाले  गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले असोज १५ गते देखी १९ गतेसम्म २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अङ्कित मूल्य दरका २२ लाख ५० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुटाइएको थियो ।

यसरी हेर्नुहाेस् रिजल्ट

https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check
https://iporesult.cdsc.com.np/
https://meroshare.cdsc.com.np/#/login

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १०:३६