१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्याे नेप्से


४ कात्तिक, काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले बढेको छ । यस सेसनमा सूचक दुई हजार ५७३.०५ विन्दुमा आइपुगेको छ । बुधबार नेप्से ६० दशमलव ५६ अकंले बढेर दुई हजार ५७१ दशमलव ६६ विन्दुमा बन्द भएको थियो ।

बिहीबारकाे यस सेसनमा १६ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिहीबारको सेसनमा सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५० अंक बढेको छ।

आजको प्रि-ओपन सेसनमा नाै कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये पाँच कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी तीन कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार ११:३८