१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपालमाथि नाकाबन्दी लगाउने योजनाकार ‘रञ्जित रे’ को रात्री भोजमा को-को जालान ?


४ कात्तिक, काठमाडौँ । नेपालमाथि ६ महिना लामो नाकाबन्दी लगाउने योजनाका एक जना मुख्य व्यक्ति तत्कालीन भारतीय राजदूत रञ्जित रे ले यही अक्टोबर २५ तारिक अर्थात कात्तिक ८ गते सोमबार रात्री एउटा रात्री भोजको आयोजना गरेका छन ।

रेको भोजका निम्ति नेपाल सरकारका मन्त्रीहरू र सत्तारूढ दलका केही नेताले निमन्त्रणा समेत पाइसकेका छन । रेको भोजका लागि भारतीय दूतावासले निमन्त्रणा पठाएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको नाममा नेता र मन्त्रीलाई निमन्त्रणा पत्र पठाइएको छ ।

नेपाल सरकारका एकजना मन्त्रीले आफूले पनि इमेल मार्फत निमन्त्रणा पाएको तर जाने वा नजान्ने भन्न विषयमा कुनै निर्णय नगरेको जानकारी दिए । भारतीय दूतावास स्रोतले तीन दर्जनका लागि निमन्त्रणा पठाइएको जनाएको छ । रे को नेपाल भ्रमण र उनले गर्न लागेको रात्रीभोजले विभिन्न शंकाहरू जन्मिएका छन ।

पछिल्लो सयम नेपालका राजनीतिक दलहरूले नै संविधानमाथि आक्रमण गरिरहेको र संविधान भन्दा माथि रहेर राजनीतिक बलमा अराजकता मच्चाउने काम गरिरहेको र सर्वोच्च अदालत समेत सेटिङमा चलिरहेको भनेर प्रमाणित नै गरिरहेको अवस्थामा संविधान जारी हुनबाट रोक्न हरप्रयास गर्ने रेले फेरि चलखेल सुरू गरेका छन ।

रेको रात्री भोजमा निम्ता पाएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरू को को जान्छन भन्ने खोजीको विषय बनेको छ । रेको भोजमा नेपाली कांग्रेस र नेकपा एकीकउत समाजवादीको कोटामा मन्त्री बनेकाहरू जाने तयारीमा छन माओवादीको कोटामा मन्त्री बनेका केही भने भोजमा नजाने तयारीमा छन । यद्पी उनीहरूले प्रचण्डसँग सल्लाह गरेर दूतावासको भोजमा जाने कि नजाने भन्ने निर्णय गर्नेछन ।

यो पनि पढ्नुहोस्

मन्त्री र कांग्रेस-माओवादी नेतालाई भारतीय दूतावासमा रञ्जित रेसँग तातो भात खाने निम्तो

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार ११:२२