४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

एमाले प्रवेशको हल्लाकैबीच अभिनेत्री करिष्मा मानन्धर केपी ओलीको निवास बालकोटमा


३ कात्तिक, काठमाडौँ । नेकपा एमालेमा प्रवेश गर्ने हल्लाकै बीच अभिनेत्री करिष्मा मानन्धर अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेकी छिन । नेकपा एमालेकी नेतृ एवं गायिका कोमल वली र कालकार जितु नेपालसहित मानन्धर ओली निवास बालकोट पुगेकी हुन ।

अध्यक्ष ओलीसँगको भेटपछि कैद गरेको तस्बीर सार्वजनिक गर्दै मानन्धरले फेसबुकमा लेखेकी छिन, ‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो , सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय के।पी ओली ज्युलाई धेरै धन्यवाद ।’

मानन्धरले ओलीको विचार सुन्दा आफूलाई आनन्द आएको बताएकी छिन । उनले ओलीले सबै क्षेत्रका मानिसलाई उत्तिकै महत्व दिएको पनि बताएकी छिन ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार २१:५२