१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम बिग्रदा फोक्सुण्डो जाने पर्यटकलाई सास्ती


-हेमन्त केसी

२ कात्तिक, जाजरकोट । दसैं र तिहारको बीचमा डोल्पाको फोक्सुण्डो घुम्न जाने पर्यटकलाई सास्ती भएको छ । स्थलमार्ग, हवाइ मार्गमार्फत डोल्पामा घुम्न जाने पर्यटकलाई मौसममा आएको खराबीले समस्या ल्याएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए ।

दुई दिनदेखि हवाइ रुटमा मौसम खराब भएकाले बीच बाटोबाट फर्कनु परेको समिट एयरका स्टेशन म्यानेजर पूर्णजंग शाहीले बताए । दिनमा चार भन्दा बढी उडान पर्यटक लाई लिएर नेपालगन्जबाट डोल्पा जाने गरेको उनले बताए । अहिले आन्तरिक तथा बाह्य पर्यटकका कारण होटलहरू भरीभराउ भएका छन् ।

स्थलमार्गबाट डोल्पा पुग्ने पर्यटकको मुख्य रोजाइ शे–फोक्सुण्डो, जुफाल र उपल्लो डोल्पाको विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू हुन् ।दैनिक ४० भन्दा बढी पर्यटकहरूलाई होटलमा व्यवस्थापन गर्दै आएको सञ्चालक डाँगीले बताए । यो सिजन डोल्पा घुम्ने सबै भन्दा उत्कृष्ट बेला हो । कोभिडका कारण अघिल्लो वर्ष रोकिएको फोक्सुण्डो लगायतका ठाउँको यात्रा यो वर्ष फस्टाएको छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज, सुलिगाडले दिएको जानकारी अनुसार दिनमा एक सयभन्दा बढी पर्यटक फोक्सुण्डो तालतर्फ गइरहेका छन् । यस क्षेत्रमा मंसिरदेखि हिमपात सुरु हुन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १६:४८