४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

बालबालिकालाई आफ्नै सेरोफेरोको पठन पाठन


३१ असोज , बागलुङ । बागलुङको बरेङ गाउँपालिकाले आधारभुत तह (कक्षा १–३) लक्षित स्थानीय पाठ्क्रम तयार गरेको छ । विद्यालय तहको शिक्षामा स्थानीय विषय वस्तुलाई उद्देश्य मुलक, व्यवहारिक, समसामयिक एवं स्तरीय बाउने अभिप्रयाले स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी, र बुद्धिजीविबाट राय सुझाव संकलन गरी पाठ्यक्रम निर्माण गरेको हो ।

पाठ्क्रमको आधारमा चालु शैक्षिक सत्र भित्र नै पाठ्य पुस्तक निर्माण गरी कार्यान्वयनमा लैजाने गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद शर्माले जानकारी दिए । कक्षा १ देखि ३ सम्मको आधारभुत शिक्षा पाठयक्रममा रहेको स्थानीय अंशलाई व्यवहारोपयोगी बनाउन पाठयक्रम विकास गरिएको छ ।

चालु शैक्षिक सत्रदेखि नै गाउँपालिकाका सबै सामुदायिक तथा स्थागत विद्यालयमा कक्षा १ देखि ३ सम्म लागु हुनेछ । आधारभुत तह कक्षा १–३ मा साप्ताहिक पाँच पाठ्य घण्टाका दरले बार्षिक १६० कार्य घण्टाको स्थानीय विषय समावेश गरिएको चालिसेको भनाइ छ ।

बालबालिकालाई आफ्नो सामाजिक तथा वातावरणीय परिवेशबारे ज्ञान, सिप प्रदान गर्ने उद्देश्यमा पाठ्यक्रम आधारित छ । पाठयक्रमले बरेङ क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक सांस्कृतिक तथा आर्थिक पक्षलाई समेटेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार १५:४५