१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

पिङ चाहीँ खेल्नु पर्ला : रेखा थापा


यसपाली अघिल्लो बर्षभन्दा माहौल अलि रमाइलो छ । तर, हामीले सावधानी चाहिँ अप्नाउनै पर्छ । कोरोनाले गर्दा गत बर्ष त दसैँ साहै्र खल्लो भयो । यसपाली भने सबैतिर अलि सहज वातावरण छ । त्यसैले दसैँको रौनक अलि बढेको पाएकी छु ।

म यसपालि काठमाडौंमै दसैँ मनाउँछु । मम्मीको हातबाट टीका लगाउँछु । सामाजिक दुरी कायम राख्दै आफ्ना, आफन्तीको हातबाट टीका लगाई आशीर्वाद लिन्छु । यो दसैँमा स्पेशल त्यस्तो केही प्लान गरेकी छैन ।

हलमा फिल्म प्रदर्शन थालेको देख्दा भने खुशी लागेको छ । घर नजिकै सिफल चौरमा पिङ हालेका छन् । टीकाको दिन भुइँ छोड्नु पर्छ रे, त्यहाँसम्म पुगेर पिङ चाहिँ खेल्नु पर्ला ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १७:३३