७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपालविरुद्ध बंगलादेशकाे अग्रता


२७ असोज काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत चौथो खेलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । माल्दिभ्सको मालेमा जारी पहिलो हाफको खेल जारी रहँदा बंगलादेशले सुरुवाती अग्रता लिएको छ ।

बंगलादेशका सुमन रेजाले खेलको ९ मिनेटमा सुरुवाती गाेल गरेका छन् । कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए ।

फाइनल पुग्न नेपाललाई बराबर वा जित भए पुग्नेछ भने बंगलादेशलाई जितको विकल्प छैन ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार १७:१२