१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बेलायतमा नेपालीले मनाए दसैँ


२७ असाेज , लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

पिटरवरो नेपाली समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास लण्डनका प्रतिनिधि रामबाबु नेपाल, पिटरवरो सिटी काउन्सिलर गुल नवाज, सिटी काउन्सिल सदस्य महम्मद रन्जेब लगायत अतिथिको रूपमा उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दूतावासका प्रतिनिधि नेपालले नेपाली दूतावास वेलायतस्थित नेपाली समुदायसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

तीन सय भन्दा बढी नेपालीको उपस्थिती रहेको सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भिम खनालले गरे । पिटरवरो नेपाली समाजलाई आफ्ना गतिविधी गर्नको लागि स्थानिय काउन्सिल हालै मात्र सरकारी भवन उपलब्ध गराएको थियो ।

कार्यक्रममा सो भवन प्राप्त गर्नको लागि आवश्यक सहयोग गर्ने सबैप्रति संस्थाका निवर्तमान अध्यक्ष शिव भण्डारीले धन्यवाद प्रकट गरे । कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु, ट्रष्टी, स्थानीय व्यवसायी तथा समाजसेवीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव कृष्ण लुईंटेलले गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार ११:५६