१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

बसको ठक्करबाट बालकको मृत्यु


२६ असोज दाङ ।  बसको ठक्करबाट दाङको लमहीमा एक बालकको ज्यान गएको छ । बसको ठक्करबाट राप्ती गाउपालिका–६ सगरापुरका सन्दीप चोधरीका चार वषीर्य छोरा दुर्गाप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरीक्षक पुरन मल्लले जानकारी दिए ।

उनकाअनुसार चितवनबाट बर्दिया तर्फ जाँदै गरेको ना ७ ख ३१७९ नम्बरको बसले पूर्व पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका–३ को अर्नहवामा बालकलाई ठक्कर दिएको हो ।

ठक्कर दिने बसलाई वडा प्रहरी कार्यालय लमहीले आफ्नो नियनत्रणमा लिएको छ भने मृतकका आफन्तहरूले अहिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलवार १७:३८