१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

२६ असोज , उदयपुर । उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशालामा खुला जिम (ओपन) सन्चालन गरिएको छ । त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरी तथा उपप्रमुख देवीकुमारी चौधरीले मंगलबार जिमको संयुक्त उद्घाटन गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख चौधरीले जिम स्वास्थ्यको लागि अति आवश्यक रहेको बताउँदै प्रत्येक वडामा यस्ता स्थल सन्चालन गर्ने तयारीमा भइरहेको जानकारी दिए । उनले त्रियुगा नगरको नारालाई पुरा गर्न ओपन जिमले थप सहयोग पुगेको बताए ।

जिमका लागि आवश्यक सम्पूर्ण साधनलाई खुल्ला स्थानमै जडान गरी ओपन जिमको सुरुवात गरिएको त्रियुगा नगरपालिका युवा तथा खेलकुद विकास समिति उदयपुरका अध्यक्ष प्रदिप श्रेष्ठले बताए । अब यसलाई थप सुरक्षित गर्न घेराबेरालाई प्राथमिकता दिने अध्यक्ष श्रेष्ठले जनाए । खुल्ला जिम सेन्टरमा ११ प्रकारका सामग्री जडान गरिएको र एकैपटक १४ जनाले अभ्यास गर्न सक्छन् । त्रियुगा नगरपालिकाको १५ लाख रुपैयाँको सहयोगमा जिम सेन्टर सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलवार १६:३५