६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

गोली चलाएर सिटिजन्स बैंक लुट्ने प्रयास, गोली लागि सुरक्षागार्ड घाइते


२५ असोज, मोरङ । भारतीय ‘डाँका’ समूहलेसिटिजन्स बैंक लुट्ने कोशिश गरेका छन । मोरङको ग्रामिण क्षेत्रमा रहेको सिटिजन्स बैंकको शाखामा गोली प्रहार गरेर लुट्ने कोशिश गरिएको हो । बैंक लुट्न करिब १० जनाको समूहमा हतियारधारी आएको प्रहरीले जनाएको छ ।

मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा रहेको बैंकको शाखा लुटने प्रयास भएको र सुरक्षा गार्डले रोक्नखोज्दा उल्टै गोली हानेको प्रहरीले जनाएको छ । गोली लागि घाइते भएका सुरक्षा गार्डलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १८:३१