१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

ग्लोबल आइएमई बैंकले घोषणा गर्याे लाभांश


२५ असाेज, काठमाडौँ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । असोज २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजन गरी ३.५ प्रतिशत नगद गरी कूल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृ गरेपछि र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १२:४८