७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेरूडे लघुवित्तले घाेषणा गर्याे लाभांश, बोनस र नगद कति ?


२५ असाेज, काठमाडाैँ । नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असाेज २४ गते बसेकाे लघुवित्तकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.४८७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.१३०९ प्रतिशत नगद गरी कुल २२.६१८५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भएपछि र संस्थाको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १२:२९