८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाल इन्फ्रास्टक्चर बैंककाे लाभांश संशोधन, शेयरधनीले पाउने भए बोनस शेयर


२५ असाेज, काठमाडौँ । नेपाल इन्फ्रास्टक्चर बैंकले लाभांश संशोधन गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश संशोधन गरेको हो । यसअघि बैंकले नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । तर बैंकले उक्त लाभांश संशोधन गरी बोनश शेयर वितरण गर्ने भएको हो ।

यसअघि बैंकले शेयरधनीहरुलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी २० अर्ब रुपैयाँको १ अर्ब ६० करोड रुपैयाँ बोनश शेयर र उक्त शेयरमा लाग्ने कर वापत ८ करोड ४२ लाख १० हजार ५२७ रुपैयाँ गरी कूल १ अर्ब ६८ करोड ४२ लाख १० हजार ५२७ रुपैयाँ लाभांश वितरण गर्ने भएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार ११:४५