४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब ४९ करोडकाे काराेबार


२४ असोज, काठमाडौँ । आइतबार नेप्से १८ दशमलव ५३ अंकले घटेर दुई हजार ६ सय ६२ दशमलव ५८ विन्दुमा रोकिएको हो छ । आज नेप्सेमा २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर किनबेच हुँदा कुल चार अर्ब ४९ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी महिला लघुवित्त कम्पनीको कारोबार भएको छ । कम्पनीको १८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । आज फाइनान्स, जीवन बिमा र म्युचल फन्डको समूहको सूचक शून्य प्रतिशतभन्दा थोरैले मात्रै उकालो लागेको छ भने बाँकी सबै समूह शून्यदेखि एक प्रतिशतको हाराहारीले ओरालो लागेर राताम्मे भएका छन् ।

नेप्सेका अनुसार आज चार कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, जीवन विकास लघुवित्त र महिला लघुवित्त कम्पनी छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार १५:५१