७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

आज यस्तो छ सुनचाँदीको मूल्य


२४ असोज, काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, महासंघले तेजाबी सुनको मूल्य तोलाको ९० हजार २५० रुपैयाँ निर्धारण गरेको छ । गत शुक्रबार छापावाल सुनको भाउ तोलाको ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार १५० रुपैयाँ रहेको थियो । महासंघले आइतबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ७६० रुपैयाँ कायम गरेको छ भने तेजाबी प्रति १० ग्राम ७७ हजमर ३३५ रुपैयाँ कायम गरेको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर११७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ११७० रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार सात रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार १२:३१