७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अरुण भ्यालीको साधारणसभा आज, यस्ता छन् एजेण्डा


२४ असोज, काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर कम्पनीले सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न आज साधारण सभा बस्दैछ । सभा बिहान ११ बजे बस्नेछ । सभा प्रयोजनका लागि कम्पनीले ११ असोजमा बुक क्लोज गरिसकेको छ ।

यसर्थ, १० असोजसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउने भएका छन् । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले सेयरधनीलाई बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी पनि थालेको जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार ११:२१