१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाँदै, गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिदैँ


२४ असोज, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा कार्यक्रममा सहभागी हुन आज बिहान पोखरा जाँदैछन् ।

उनी बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जानकारी दिएको छ । पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम छन् ।

दिउँसो ३ बजे पोखरा-१७ मा चियापान एवं अन्य कार्यक्रममा सहभागी हुनेछन् भने अपराह्न ५ बजेपछि राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन् ।

देउवा आइतबार पोखरामै बस्नेछन् । सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार ०८:४४