१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बिबाह मण्डपमा लडेर हाँत भाच्चिएपछि शिक्षिकाले डेढ लाख क्षतिपूर्ति माग्दै मुद्दा हालिन


२२ असोज, काठमाडाैँ । बेलायतमा एउटा वैवाहिक कार्यक्रममा जाँदा आफ्नो हात भाँच्चिएपछि एक शिक्षिकाले विवाह विरुद्ध मुद्दा दायर गरेकी छिन् । विवाह गरिएको चिप्लो भुईंमा लड्दा दोनोभान काराको कुहिनो भाँच्चिएको थियो ।

भुईंमा अस्वभाविक चिप्लो पारेकोले आफू लडेको भन्दै उनले विवाह आयोजक कन्ट्री हाउस विडिङ लिमिटेडविरुद्ध मुद्दा दायर गरेकी हुन् । उनले १ लाख ५० हजार युरो क्षतिपूर्तिको माग गरेकी छिन् ।

४० एकड भूमिमा फैलिएको भवन बेलायतको लोकप्रिय विवाह स्थलमध्येको एक मानिन्छ । सन् २०१८ को भुईँमा चिप्लिएकी उनी तीन वर्षपछि उजुरी दिएकी हुन् । नाच्ने तलामा अस्वभाविक रूपमा अत्यधिक धेरै चिप्लो दलिएकोले आफू लडेको उनले निबेदनमा बताएकी छिन् ।

बेलायतमा ‘विशेष आवश्यक’ विषयकी शिक्षिका काराको कुहिनो नराम्रोसँग भाँच्चिएको थियो । उनी अहिलेसम्म पनि निको भएकी छैनन् । उनको तीन ओटा शल्यक्रिया भइसकेको छ । अझै पनि उनी विद्यालय जान सक्दिनन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार १०:२५