१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्यु बीमा दाबी भुक्तानी


२० असाेज, काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मृतक केदार बहादुर अधिकारीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी दिएको छ ।

शाखा कार्यालय गोंगबुमा एक कार्यक्रमका बीच उक्त दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले मृतककी श्रीमति शुशिला घिमिरेलाई प्रदान गरेका हुन्।

धादिङ जिल्ला गंगाजमुना गाउँपालिका घर भएका बीमित अधिकारीले डेढ वर्ष अघि प्रभु लाइफ इन्स्योरेन्स लि शाखा कार्यालय गोंगबुबाट १५ लाख रुपैयाँको २० वर्षे अवधि राखेर आफ्नो जीवन बीमा गराएका थिए । निज बीमितको कोरोनाको कारणले अस्पतालमा मृत्यु भएको थियो ।

कुल बीमाङ्क रकम १५ लाख र आर्जित बोनस सहित जाम्मा १६ लाख १२ हजार ५ सय रुपैयाँको चेक कम्पनीले बीमितको परिवारलाई दिएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले जीवन बीमा कम्पनीको दायित्व भनेकै आर्थिक जोखिमको रक्षा गर्ने भएकोले कम्पनीमा बीमा गरेका बीमितहरुलाई दाबी पर्दा सरल तरिकाले दाबी भुक्तानी दिनु कम्पनीको दायित्व भएको बताए ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १८:५२