दैनिकी

  • २० आश्विन २०७८, बुधबार ११:४७

बुधबार घट्याे सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

२० असोज, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

बुधबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७६ हजार ६९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रतिकात्मक तस्बिर ।

बुधबार पनि चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार १६० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम ९९४ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति: २० आश्विन २०७८, बुधबार ११:४७