६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

लाभांश प्रस्ताव पारित गर्न युनिलिभरले बोलायो साधारणसभा


२० असोज, काठमाडौँ । युनिलिभर नेपालले लाभांश प्रस्ताव पारित गर्न २८औँ साधारणसभा बोलाएको छ । सञ्चालक समितिले सिफारिस गरे बमोजिम प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ११ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभाले कम्पनीको परियोजनामा लागेको खर्चको विषयमा छलफल हुनेछ । सेयरधनीको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनमा लागि २५ असोजदेखि ११ कात्तिकसम्म बुकक्लोज गर्ने जनाएको छ। कम्पनीले दिने उक्त लाभांश प्राप्त गर्न २४ असोजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १०:२१