७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अष्ट्रेलियाको एडिलेडमा दशैँ फेस्टिवल हुँदै


१७ असोज, अष्ट्रेलिया । नेपालीहरुको महान पर्व दशैँको उपलक्ष्यमा आगामी अक्टोवर ८ तारिखमा अष्ट्रेलियाको एडिलेड शहरमा दशै फेस्टिवल हुने भएको छ । नेपाअस इभेन्टको आयोजनमा हुने फेस्टिवल एडिलेडको दक्षिणी भेगमा रहेको अकल्यान्ड पार्कमा कार्यक्रममा हुनेभएको छ ।

कार्यक्रममा विभिन्न नेपाली सास्कृतिक प्रस्तुति सहित कपडा सहित विभिन्न व्यवसायी स्टल, फुडका स्टलहरु रहने आयोजक समुहका पुस्कर कोइरालाले बताए । उनले कार्यक्रम दिनको १२ बजेबाट साझ ८ वजे सम्म संचालन हुने बताए ।

कोइरालाले लामो समयदेखि खुल्ला जमघट नभैरहेको सन्दर्भमा दर्शकको मनोरञ्जनका लागि लाईभ म्युजिकका साथमा दशैँ चिठ्ठा कार्यक्रम पनि राखिएको बताए । हालका दिनहरुमा अन्य मुख्य शहर सिड्नी मेलवर्नमा लकडाउन चलिरहेछ ।

साउथ अष्ट्रेलियामा महामारीबाट सुरक्षित रहे पनि सहभागीहरुले कार्यक्रमका लागि क्युआर कोड र माक्स लगाउनु पर्ने नियम भित्र चाहि बस्नु पर्ने छ ।

कोरोना महामारीले गर्दा विगत लामो समय देखी खुल्ला कार्यक्रमहरु नभैरहेको सन्दर्भमा फेस्टिभललाई उत्सुकता पुर्वक प्रतिक्षा गरिएको एडिलेड निवासी सन्जु शर्माले वताउनु भयो । फेस्टिभलको प्रवेश निःशुल्क रहेको आयोजक नेपअसले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार १६:३२