७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आइतबार बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


१४ असोज, काठमाडौँ । दसैं नजिँकिँदै गर्दा सुनको मूल्यले उचाइ लिन थालेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रति तोला २०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज २०० रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७६ हजार नौ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार ३ ५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रति १० ग्राम ७६ हजार ६०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । महासंघले आज चाँदी प्रतितोला ११६० रुपैयाँ कायम गरेको छ । गत शुक्रबार एक ११४० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार १२:३६