१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ल्याण्डमार्कको चाडपर्व लक्षित प्याकेज, ग्राहकलाई थाेरै पैसामा धेरै सुविधा


१३ असोज, काठमाडाैँ । ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाले चाडपर्व लक्षित प्याकेज सार्वजनिक गरेको छ । आन्तरिक पर्यटकलाई लक्षित गरि चाडपर्व लक्षित प्याकेज सार्वजनिक गरेको ल्याण्डमार्कले जनाएको छ ।

यस अफर ल्याण्डमार्क अन्तर्गतका सबै अर्थात होटल ल्याण्डमार्क पोखरा, ल्याण्डमार्क फरेष्ट पार्क चितवन र होटल ल्याण्डमार्क काठमाडौंमा लागू हुने व्यवस्थापनले  हुने होटलले जनाएको छ ।

यस योजनामा एक जोडीका लागि एक रात दुई दिनको सात हजार सात सय सत्तहत्तर रुपैयाँमा ब्रेकफास्ट, लञ्च, डिनर लगायतका सम्पूर्ण सेवाहरु उपलब्ध हुने होटलले जनाएको छ । त्यसका साथै स्विमिङ पुल लगायतको अतिरिक्त सुविधा पनि ग्राहकले पाउनेछन ।

यस योजनाले चाडपर्वमा घुमफिर गर्न चाहने आन्तरिक पर्यटकहरुलाई मद्दत गर्ने र कोभिड पछिको नेपालको पर्यटन पुनरुत्थानका लागि समेत सहयोग गर्ने आफूहरुको अपेक्षा रहेको ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले वताए । त्यसका साथै दशैँ, तिहार जस्ता चाडपर्वमा घुमफिर गर्न रुचाउने आन्तरिक पर्यटकहरुलाई स्तरीय सेवा प्रदान गर्न आफूहरू तयार रहेको पाण्डेले वताए ।

यसैबीच ल्याण्डमार्कले तीन वटै होटलहरुको सेवालाई अझ परिष्कृत र ग्राहकहरुको रुचिलाई ध्यान दिँदै अगाडी बढ्न महेश देवानलाई होटलको उपाध्यक्षमा नियुक्त गरेको छ । देवानसंग हस्पिटालिटी क्षेत्रमा राम्रो कार्य गरेको करिव चार दशकको अनुभव रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १६:४४