८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नगद लाभांश प्रस्ताव पारित गर्न सीबीआईएल क्यापिटलले बोलायो साधारणसभा


१२ असोज, काठमाडाैँ । सीबीआईएल क्यापिटलले लाभाशं प्रस्ताव पारित गर्न आगामी ५ कात्तिकमा साधारणसभा बोलाएको छ । क्यापिटलले सो दिन बिहान ११ बजे काठमाडौंको डिल्लीबजारस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा १५औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

साधारणसभा प्रयोजनको लागि क्यापिटलको २० असोजमा एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ । यससँगै १९ असोजसम्म कारोबार कायम सेयरधनीहरूले मात्र उक्त सभामा भाग लिन तथा प्रस्तावित नगद लाभांश पाउनेछन् ।

सभाले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २५ प्रतिशत (करसहित) का दरले ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सभाले आर्थिक वर्ष २०७७र७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्ताव रहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १६:०२