१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

लेखनाथ पोखरेलले ल्याए ‘मार्वल हाउसकी शालिनी’


१२ असोज, काठमाडाैँ । साहित्यकार लेखनाथ पोखरेलले कथासंग्रह ‘मार्वल हाउसकी शालिनी’ पाठकमाझ ल्याएका छन् । यसअघि नियात्रा संग्रह ‘फकलीको गाउँ’ प्रकाशन गरेका पोखरेलको यो दोस्रो कृति हो ।

सावित्री पोखरेल प्रकाशक रहेको संग्रहमा ‘तृष्णा’, ‘ममता’, ‘जन्मकुण्डली’, ‘विद्रोही’, ‘प्रतिकार’, ‘मार्वल हाउसकी शालिनी’, ‘उज्ज्वला’, ‘अन्ततः’, ‘कक्टेल पार्टी’, ‘गृहलक्ष्मी’लगायतका शीर्षकका विभिन्न विषयका १५ वटा कथा समेटिएका छन् ।

विभिन्न पत्रपत्रिकामा स्तम्भ तथा व्यंग्यात्मक लेख रचना लेख्दै आएका साहित्यकार पोखरेल ‘प्रेत लेखक’ नामक हाँँस्य निबन्ध पाठकमाझ ल्याउने तयारीमा छन् ।

‘मार्वल हाउसकी शालिनी’ को सम्पादन पत्रकार तथा लेखक कृष्ण भुसालले गरेका हुन् । साहित्यकार खेमनाथ दाहालको भूमिका लेखन रहेको कथासंग्रहको मूल्य चार सय रुपैयाँ छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १४:२४