१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

ज्योति लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश, कस्ताे छ वित्तीय अवस्था ?


८ असाेज, काठमाडाैँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट पाँचौ वर्षमा प्रवेश गरेको छ । ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरिसकेको ज्योति लाइफ सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी हो ।

कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी गरिसकेको छ । हालसम्म कुल ७ अर्ब लगानी गरेको यस कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ३.१० अर्ब कुल बिमा शुल्क सहित हालसम्म ६.९० अर्ब कुल बिमा शुल्क आर्जन गरिसकेको जनाएको छ ।


१० हजार भन्दा बढी सक्रिय अभिकर्ता रहेको कम्पनीको ९० हजार भन्दा बढी बिमित छन् । यसैगरी, सर्वसाधारणलाई ६६ करोडको सेयर जारी गरी कुल चुक्ता पुँजी २२० करोड कायम गरेको र ४ अर्बको जीबन बिमा कोष कायम गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार १४:३०