११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

-तारक धिताल 

रहेछ कस्तो हेर लौ यो उन्मत्त सत्ता
उद्यत छ काटिदिन जनहितका पत्ता
हिजो ऊ आयो सब गिजोलेर गयो
आज मिलीजुली यो कुम्ल्याउन पो लाग्यो !

भयो रे दुरूपयोग सत्ताको पनि दल भित्रै
लौ हेर छाने रे आफ्ना गुटका मान्छे मात्रै
जो नै भए पनि सरकारको त स्वभावै हो पेल्ने
खै गए कता हिजो ति लोकतन्त्रको दुहाई दिने ?

सदनमा हेर लाजै मर्दो कस्तो बल मिचाइ
सकेनन् बस्न कोही पनि आफैंलाई सच्याइ
नीच कर्म गर्छ एउटा सत्ता नजिकका टाउके
किन छोड़्थे उफ्रन ति बिपक्षका लाउके !

सत्तामा जाने भर्र्याङ्ग त्यही मन्त्री पनि खाने
गर्दै सत्तापान संधै, त्यही भर्र्याङ्ग भाँच्न खोज्ने
सकिन्छ गर्न मर्मत सबै बिग्रे भत्केका छन् जे जे
तर टेकेकै खुट्किलो जलाउँदै फेरी कुन मुखले क़राउने ?

भत्काउदै पुराना सब आफूँनुकुल नयाँ बनाउ
सबमा राम्रा हैन आफ्ना प्रीय पात्र घुसाउ
हित भो गुटको भन्दै सत्तामा बसी तिमी रमाउ
जनता सब भुमरीमा, लौ अब आफ्नै टाउको समाउ !

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार ०८:४४