१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेकपा एस नुवाकोटको संयोजकमा नेपाली, दुई जनाको लडाइँले सचिव चयन हुन सकेन


२ असोज, नुवाकोट । नेकपा एकीकृत समाजवादी नुवाकोटको अध्यक्षमा गोविन्द नेपाली चयन भएका छन । विदुर नगरपालिका वडा नम्बर ५ का नेपाली पहिलो संविधानसभाका समानुपातिक सांसद हुन । उनी एमालेको बागमती प्रदेश कमिटीको सदस्य थिए ।

शनिबार विदुरमा भएको भेलाले नेपालीको संयोजकत्वमा १५१ जनाको जिल्ला कमिटी घोषणा गरेको छ । उपाध्यक्ष सचिवको घोषणा भने तयारी भएर पनि हुन सकेन । केपी लामिछाने र पदम उप्रेती दुबैले सचिवमा दाबी गरेपछि शनिबार सचिवको टुंगो नलगाेको बताइएको छ ।

माथिबाटै सचिव तोक्ने अवस्था भएको खण्डामा लामिछानेले सचिव पाउने स्रोतले जनाएको छ । उप्रेती राजेन्द्र लोहनीको वडाको वासिन्दा भए पनि केन्द्रीय पहुँच नभएका नेता हुन । समाजवादीले को को जिल्ला कमिटीका सदस्य भए भन्ने नाम सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार १९:०३