१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

करिष्मा मानन्धरलाई केपी ओलीको फोनः परीक्षा कस्तो भैरहेको छ ?


१ असोज, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभेनेत्री करिष्मा मानन्धरलाई फोन गरेर परीक्षाको बारेमा चासो लिएका छन । शुक्रबार राति ९ बजेर ५३ मिनेट जाँदा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मानन्धरको परीक्षाको बारेमा चासो प्रकट गरेका हुन ।

ओलीले फोन गरेको र परीक्षाको बारेमा चासो लिएको करिष्मा आफैँले सामाजिक सञ्जाल फेसबुक मार्फत पुष्टि गरेकी छिन । उनले ओलीलाइ धन्यवाद दिँदै बुबा शब्दले समान्न प्रकट पनि गरेकी छिन ।

ओलीको फोनपछि अभिनेत्री मानन्धरले सामाजिक सञ्जालमा लेखेको टिप्पणी उनकै भाषामा

फोन आउदा मेरो मोबाइल स्क्रिन मा K.P Sharma Oli भन्ने आयो म छक्क परे !! मजाक हो कि भन्ने पनि लग्यो तर वाहा हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !! करिश्मा परिक्षा कस्तो भैरहेको छ ?

हजुर ठिक छ सर !! तपाई के पि ओलि ????? अ हो बिश्वस लागेन !!! लागेन सर !! अनि वाहाले सुनाएको डुङ्गा को कथा सुनेर लाग्यो यो हाम्रो के पि जी हो ।आधुनिकता को यो दौडमा सद्भाव र मायाको दुरि मेटाउन येत्रो ठुलो मान्छे भयेर पनि सामान्य कलाकारलाई कल गरिदिनु भयेकोमा धन्यवाद के पि बुवा 🙏

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार २२:५३