१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पौडी खेल्दा डुबेर बालिकाको मृत्यु


१ असोज, भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–१ खाम्ताङमा पौडी खेल्ने क्रममा १४ वर्षीया तारा परियारको डुबेर मृत्यु भएको छ ।

आमचाोक गाउँपालिकाको १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी परियारलाई चार घण्टापछि मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

स्थानीयबाट घटनाको विषयमा जानकारी पाउन साथ प्रहरी चौकी वासिङथर्पु र इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १६:३५