६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

चाँदे हिमालकाे नदैडावमा गएका १ तीर्थयात्रीकाे मृत्यु, १ गम्भीर विरामी


१ असोज, जाजरकोट । जुनिचाँदे गाउँपालिका-१ बाट चाँदे हिमालको नदैडावमा तीर्थयात्रामा गएका एकजनाको मृत्यु भएको छ । हावाहुरीले हुत्याउँदा जुनिचाँदे-१ काब्राका औवान रावतको मृत्यु भएको हाे । अर्का तीर्थयात्री लोकलोकबहादुर रावत गम्भीर विरामी भएको गाउँपालिकाकाका शिवा आचार्यले जानकारी दिए ।

फाइल तस्वीर

३० भदौमा २५ जना गाउँले तीर्थका लागि चाँदे हिमालको नदैडावमा गएका थिए । अहिले रावतको शव र विरामीलाई तीर्थमा गएका स्थानीयले बोकेर धननाँसी ल्याइएको छ । बिरामीको अवस्था गम्भीर भएको खबर आएको आचार्यले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले प्रहरी टाेली पठाउने तयारी भएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १६:२४