११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

चीनबाट ल्याएकाे ४४ लाख डोज खोप असाेज ४ गतेदेखि लगाइने


१ असोज, काठमाडौँ । चीनबाट खरिद गरिएको ४४ लाख कोभिड-१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौँ आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो ।

सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १५:३२