१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन


१ असाेज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन भएको छ । फण्डको ३३ प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिकित्ता १२ रूपैयाँ ८५ पैसा कायम हुने गरी इकाई मूल्य समायोजन गरेको छ ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १६ रुपैयाँ १५ पैसाका आधारमा मूल्य समायोजन गरेको हो । सानिमा बैंक कोष प्रवद्र्धक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १३:३५